बिहीबार, कात्तिक १३, २०८२

दैलेख शिक्षक हत्या घटना : एकै परिवारका ४ सहित ८ जना पक्राउ

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बिसीको हत्याको आशंकामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, भदौ २९, २०७८

देव राना

देव राना

मंगलबार, भदौ २९, २०७८

सुर्खेत- दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बिसीको हत्याको आशंकामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका सबै गुराँस गाउँपालिका-८ छोटेपोखरा टोलका स्थानीय हुन्। 

Kumaribank

पक्रउ परेका ८ जनामध्ये एकै घरका चार जना छन्। एकै परिवारका चारमध्ये तीन जना महिला र एक जना पुरुष भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ। उनीहरु विद्यालयसँगै जोडिएको भवनमा पसल सञ्चालक हुन्। ‘आशंका लागेका ८ जना व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ,’ दैलेखका डीएसपी अनुपम श्रेष्ठले भने, ‘आठ जनामध्ये चार जनामा माथि बढी नै आशंका छ।’ 

पसलसँगै जोडिएको विद्यालयको प्राङ्गणमा शिक्षकको हत्या हुनु र पसल सञ्चालकले कुनै वास्ता नगर्नुले उनीहरुमाथि शंका लागेको प्रहरीको भनाइ छ। पसल सञ्चालक र मृतक शिक्षक नजिकका नातादारसमेत हुन्। शिक्षक प्रायः रातीसम्म पसलमै भेटिने गरेको स्थानीय बताउँछन्। 

पसल सञ्चालकबाहेक अन्य चार जना युवाहरु भने सोमबार राती पसलमा आएका ग्राहक हुन्। 

‘पसल सञ्चालकका परिवारसहित राती ९/१० बजेतिर पसलमा आएका ग्राहक हुन्,’ जाजरकोटका डीएसपी श्रेष्ठले भने, ‘आशंका लागेका व्यक्तिहरुसँग सोधपुछ भइरहेको छ, घटनाको कारण खुल्न सकेको छैन।’

Metro Mart

सोमबार छोटेपोखरा टोलका एक युवाले विवाहको लागि केटी भगाएर ल्याएका थिए। साथीले बिहे गरेको खुशीयालीमा चार जना युवा 'पार्टी खान' भन्दै राती ९/१० बजे पसल पुगेका थिए। 

युवाहरुसँगै हत्या गरिएका शिक्षकले पनि मदिरा सेवन गरेका स्थानीयले बताएका छन्। ‘सरले मदिरा त खानुहुन्थ्यो तर कसैसँग झै-झगडा गर्ने स्वभाव थिएन,’ मालिका माध्यमिक विद्यालयका शिक्षक खगेन्द्र खत्रीले भने, ‘कहिलेकाँही मदिरा खाए पनि उहाँ मिलनसार हुनुहुन्थ्यो, कसैसँग दुस्मनी हामीले थाहा पाएका थिएनौँ।’

हत्या गरिएका शिक्षक गुराँस गाउँपालिका-८ छोटेपोखराकै स्थानीय हुन्। उनी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए। मृतक शिक्षकका दुई छोरा र श्रीमती छन्। बुवाआमासहित दाजुभाइको परिवार बाँकेको बैजनाथ गाउँपालिकामा बस्दै आएका छन्।

प्रकाशित: Sep 14, 2021| 17:41 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।