बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भदौ २० भित्र सम्पत्ति विवरण पेस गर्न मातहतका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

भदौ २० भित्र सम्पत्ति विवरण पेस गर्न मातहतका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै निकायका कर्मचारीलाई २० भदौ भित्र सम्पत्ति विवरण पेश गर्न निर्देशन दिएको छ। मन्त्रालयले दुई वर्षको सम्पत्ति विवरण पेश गर्न भन्दै १२ साउनमा मातहतका सबै निकायलाई पत्राचार गरेको छ। 

मन्त्रालयले २०७६/७७ र २०७७/७८ को सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो। मन्त्रालयले मातहतका विभाग, प्रतिष्ठान, केन्द्र, अस्पताल र परिषद्मा कार्यरत निजामती कर्मचारीबाहेक अस्थायी/स्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई सम्पत्ति विवरण भर्न निर्देशन दिएको हो।

उनीहरूको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रको डाटाबेसमा इन्ट्री गर्नुपर्ने भएकाले २०७७/७८ को सम्पत्ति विवरण पेस गर्न भनिएको छ।


प्रकाशित: Jul 30, 2021| 11:21 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।