बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैंकिङ कसुरमा १६ लाख जरिवाना र कैद सजाय सुनाइएकी फरार दोषी पक्राउ

बैंकिङ कसुरमा १६ लाख जरिवाना र कैद सजाय सुनाइएकी फरार दोषी पक्राउ

बैंकिङ कसुरमा १६ लाख जरिवानासहित कैद सजाय सुनाइएकी फरार दोषी पक्राउ परेकी छन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं- बैंकिङ कसुरमा १६ लाख जरिवानासहित कैद सजाय सुनाइएकी फरार दोषी पक्राउ परेकी छन्। १६ लाख जरिवाना र ७ दिन कैद सजाय सुनाइएकी कैलाली साविक चौमाला गाविस-८ की जसमिन झालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। 

महाशाखाको टोलीले भदौ २९ गते उनलाई काठमाडौं-५ स्थित गहनापोखरी क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। पक्राउ परेकी ३२ वर्षीया झालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जानकारी दिएको छ। 

झालाई अदालतले पाटन उच्च अदालतले गत वर्ष फागुन ११ गते जरिवाना र कैद सजाय सुनाएपनि उनी फरार थिइन्। 

प्रकाशित: Sep 14, 2021| 17:30 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।