सोमबार, भदौ ८, २०८३

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा शुक्रबार दिउँसो थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा शुक्रबार दिउँसो थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना पुष्टि हुनेमा गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ वर्षदेखि ५९ वर्ष उमेरसम्मका ४ पुरुष छन्।

उनीहरुलाई जिल्लाको रजहरस्थित सामुदायिक चिकित्सालयको आईसोलेसन कक्षमा राखिएको निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ।

प्रकाशित: Jun 12, 2020| 13:33 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।