सोमबार, भदौ ८, २०८३

दैलेखमा २२ जना कोरोना संक्रमणमुक्त

दैलेखमा आज शुक्रबार २२ जना कोरोना संक्रमण मुक्त भएका छन्।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

दैलेखमा आज शुक्रबार २२ जना कोरोना संक्रमण मुक्त भएका छन्।

नारायण नगरपालिकाबाट एकै पटक २२ जना कोरोना संक्रमणमुक्त भएको जिल्ला जनस्वास्वास्थ्य कार्यालय दैलेखका प्रमुख डाक्टर निराजन पन्तले जानकारी दिए।

पीसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको छ। बिदा भएका सबै सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसनमा थिए।

कार्यालयका अनुसार कोरोना संक्रमण मुक्त हुनेहरुमा नारायण नगरपालिका वडा नम्बर ३ का ४ जना, ४ का २० महिनाको बालकसहित ५ जना, वडा नम्बर २ का २ जना, ६ का १ जना, ८ का ३ जना, ९ का २ जना, १० का ४ जना र वडा नम्बर ११ का १ जना छन्।

आज संक्रमणमुक्त भएका सबै भारतका विभिन्न सहरबाट गाउँ फर्किएका थिए। योसँगै कर्णालीमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८२ जना पुगेको छ ।

प्रकाशित: Jun 12, 2020| 13:08 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।