सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय समूहले हतियार खोसेपछि सर्लाहीमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु

भारतीय समूहले हतियार खोसेपछि सर्लाहीमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु

सर्लाहीमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

सर्लाहीमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ।

सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर नाकामा जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा एक भारतीय नागरिकको मृत्यु भएको हो ।

घटनामा पाँच जना भारतीय घाइते भएका छन् । शुक्रबार बिहान करिब ९ बजे जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोजेपछि उनीहरुबाट आक्रमण हुँदा गोली चलाउनुपरेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताएका छन्।

गोली लागेर भारत पिपरा पर्साईन बस्ने २७ वर्षीय विकेश कुमारको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

१५ जनाको समूहमा आएका भारतीयले जबरजस्ती नेपाल प्रवेश गर्न खोजेको र प्रवेशमा रोक लगाएपछि नाकामा खटिएका सुरक्षाकर्मीमाथि हातपात गर्नुका साथै हतियार खोसेपछि गोली चलाउनु परेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।

‘बिहान करिब ९ बजेतर्फ १५-२० जनाको समूहमा आएका उनीहरु जबरजस्ती नेपाल छिर्न खोजेका थिए, नाकामा खटिएका सुरक्षाकर्मीले प्रवेशमा रोक लगायो,’ श्रेष्ठ भन्छन्, ‘उनीहरुले काम पनि गर्न नदिने, प्रवेश पनि गर्न नदिने भन्दै हातपात गर्दै हतियार खोसे ।’

‘स्थिति नबिग्रोस् भनेर सुरक्षाकर्मी ब्याक भयो, उनीहरुलाई फिर्ता जान आग्रह गरिरहेको थियो,’ सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘तर, उनीहरुले मानेनन । नेपाली सीमाभित्रै प्रवेश गरेर हातपात गर्नुका साथै हतियार पनि खोसे। बाध्य भएर गोली चलाउनु परेको हो ।’

हतियार खोसेर भाग्न खोज्ने नवलकिशोर रायलाई नियन्त्रणमा लिइएको श्रेष्ठले बताएका छन् ।

प्रकाशित: Jun 12, 2020| 12:41 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।