सोमबार, भदौ ८, २०८३

कान्ति बाल अस्पतालको ओपिडी टिकट घरबाटै लिन सकिने

कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित कार्यक्रममा सो एप्सको शुभारम्भ गर्दै यसबाट उपभोक्तको समयको बचत हुनाका साथै उपचार प्रक्रियासमेत सहज हुने बताए।

सो अवसरमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेललले एप्सको प्रयोग तथा अस्पतालको अवस्थाबारे जानकारी गराएका थिए।

उनका अनुसार घरबाटै एप्सको प्रयोग गरी टिकट लिन सक्ने तथा सोझै अस्पताल पुगी चिकित्सककहाँ गएर अभिभावकले आफ्ना बालबालिकाको उपचार गराउन सकिन्छ। उपभोक्ताले सो एप्समार्फत दैनिक बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म टिकट घरबाटै काट्न सक्नेछन् ।

यसका लागि दर्ता शुल्क रु. ५० लाग्ने व्यवस्था गरिएको छ । यसमा उपभोक्ताले वर्षभरि अस्पतालबाट सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित: Jun 12, 2020| 12:37 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।