सोमबार, भदौ ८, २०८३

त्रिशूल प्रहार गरी हत्या

दाङमा एक युवकले त्रिशूल प्रहार गरी स्थानीय पुरुषको हत्या गरेका छन्। हत्यापछि ती युवकले त्रिशूल प्रहार गरी आफ्नै योनाङ्गसमेत छियाछिया पारेका छन्।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- दाङमा एक युवकले त्रिशूल प्रहार गरी स्थानीय पुरुषको हत्या गरेका छन्। हत्यापछि ती युवकले त्रिशूल प्रहार गरी आफ्नै योनाङ्गसमेत छियाछिया पारेका छन्।

बबई गाउँपालिका–३ का २४ वर्षीय बालाराम वलीले स्थानीय ४६ वर्षीय नारायणप्रशाद डाँगीको त्रिशूल प्रहार गरी हत्या गरेका हुन्।

इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले वलीले त्रिशुल प्रहार गर्दा डाँगीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

डीएसपी सिंहका अनुसार बिहान करिव ८ बजे वलीले मन्दिरको त्रिशूलले डाँगीमाथि आक्रमण गरी हत्या गरेका हुन्। त्यसपछि वलीले आफूमाथि समेत त्रिशूल प्रहार गरेको र योनाङ्ग छियाछिया पारेको डीएसपी सिंहको भनाइ छ।

“मन्दिरको छतमा चढी त्रिशूल निकालेर वलीले नजिकै चौतारोमा बसेका डाँगीमाथि आक्रमण गरेछन्,” डीएसपी सिंहले भने, “पेट र घाँटीमा त्रिशूल प्रहार गरी हत्या गरेछन्।” उनले हत्याको कारण नखुलेको बताए।

वली स्थानीय जनता मावि हंसपुरमा निर्माण गरिएको क्वारेन्टिनमा भान्सेको काम गरिरहेको बुझिएको छ। अत्यधिक मदिरा सेवनका कारण होहल्ला गरेपछि उनलाई बिहीबार बेलुकी क्वारेन्टिनमा घर पठाइएको प्रहरीले जनाएको छ।

हत्या गरिएका डाँगी किराना पसल संचालक रहेको र उनको आँखाको दृष्टि पनि कमजोर भएको प्रहरीले जनाएको छ।

आफै त्रिशूल प्रहारबाट घाइते वलीलाई प्रहरीले नियन्त्रणमा लिइ उपचारका लागि तुलसीपुरस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा पुर्याएको जनाएको छ।

 

प्रकाशित: Jun 12, 2020| 12:13 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।