सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली श्रमिक नहुँदा हिमाचलमा अप्ठ्यारो, बोलायो सवा लाख श्रमिक

नेपाली श्रमिक नहुँदा हिमाचलमा अप्ठ्यारो, बोलायो सवा लाख श्रमिक

स्याउ टिप्नेदेखि प्याकिङ, ग्रेडिङ र ढुवानीका लागि हिमाचल सरकारले नेपालबाट सवा लाख श्रमिक लैजान पहल थालेको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमण र त्यसलाई रोक्न गरिएको बन्दाबन्दीका कारण श्रमिकहरु अप्ठ्यारोमा छन्। योसँगै श्रमिकसँग जोडिएको अर्थव्यवस्था पनि जोखिममा परेको छ।

नेपाल बन्दाबन्दी जारी रहेको र सीमा नाका पनि बन्द रहेको हुँदा नेपालबाट भारतमा काम गर्न जाने श्रमिकहरु जान पाएका छैनन्। कोरोना संक्रमणको त्रासका बीच धेरै श्रमिकहरु जान चाहिरहेका पनि छैनन्। बरु अहिले पनि भारतबाट थुप्रै नेपालीहरु फर्किरहेका छन्।

नेपाली श्रमिक नहुँदा हिमाचलको स्याउ खेति जोखिममा पर्नसक्ने त्यहाँका मुख्य मन्त्रीले बताएका छन्।

त्यसैकारण हिमाचाल सरकारले नेपालबाट करिब सवा लाख श्रमिक लैजाने निर्णय गरेको छ। जो यसअघि पनि त्यहाँ जाने गरेका थिए।

हिमाचलको जीडीपीमा स्याउ खेतिको योगदान ३.५ प्रतिशत छ। यहाँ प्रतिवर्ष करिब ४५ अर्ब भारु बराबरको स्याउ कारोबार हुने गर्छ।

यो कारोबारमा करिब दुई लाख नेपाली श्रमिकको योगदान रहन्छ। यिमध्ये करिब ८० देखि ९० हजार नेपाली श्रमिक अहिले पनि हिमाचलका विभिन्न जिल्लामा रहेको हिमाचल नाउ न्यूज उल्लेख गरेको छ।

तर, सिजन सुरु भएपछि भारत जाने करिब सवा लाख श्रमिक अहिले त्यसतर्फ जान नपाएको हिमाचाल सरकारले जनाएको छ।

हिमाचलमा स्याउ टिप्नेदेखि प्याकिङ, ग्रेडिङ र ढुवानीका सबै काम नेपाली श्रमिकमा निर्भर छ। त्यहाँका कृषक र कारोबारीले नेपाली श्रमिकलाई बोलाउन सरकारमाथि दबाब बढाएका छन्।

त्यसै कारण हिमाचल सरकारले नेपाली श्रमिकलाई आफ्नै खर्चमा बोलाएर विभिन्न जिल्लाहरुसम्म पुर्याउने घोषणा गरेको हो।

मुख्यमन्त्री जयराम ठाकुरले स्याउको सिजन सुरु भइसक्दासम्म नेपालबाट श्रमिक ल्याउनका लागि आवश्यक पहल गरिदिन केन्द्र सरकारलाई पत्र पठाएका छन्। पत्रमा नेपाली श्रमिकलाई लैजाने खर्च प्रदेश सरकारले ब्यहोर्ने उल्लेख छ।

हिमाचलमा स्याउको सिजन जुनको अन्तिम सातादेखि अक्टुबरसम्म हुन्छ। त्यसैले जुनको तेस्रो सातादेखि नेपाली श्रमिकहरु हिमाचाल पुग्न थाल्छन्। र अक्टुबरको अन्तिममा काम सकेर फर्किन्छन्।

नेपाली श्रमिक नै किन?

दशकौंदेखि सुदूर र मध्यपश्चिमका नेपाली श्रमिकहरु सिमला लगायत हिमाचलका विभिन्न स्थानमा मजदुरी गर्न जाने प्रचलन छ। उनीहरुमध्ये अधिकांश प्रत्येक वर्ष एउटै फर्ममा निरन्तर काम गरिरहेका छन्। र काम सकिएपछि स्वदेश फर्कन्छन्।

स्याउ टिप्नेदेखि ग्रेडिङ, प्याकेजिङ, ढुवानी र बोटको रेखदेखसम्म कुशल मजदुरको आवश्यकता हुने हिमाचल नाउले उल्लेख गरेको छ। वर्षौंदेखि यही काम गर्दै आएका नेपाली श्रमिकहरु यो काममा अनुभवी र सिद्धहस्त छन्।

लामो समयदेखि निश्चित मजदूरले निश्चित फर्ममामात्र काम गर्ने हुँदा उनीहरुबीच रकमको कारोबार फस्ने डर पनि हुँदैन।

प्रकाशित: Jun 12, 2020| 11:13 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।