काठमाडौं- मनसुन भित्रिन अझै तीन दिन बाँकी रहेपनि आजै (शुक्रबार) देखि मौसम बद्लिने र वर्षा हुने भएको छ ।
स्थानीय वायु, पश्चिमी वायु र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभावका कारण आज देशका सातै प्रदेशको मौसम बद्लिनुका साथै वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५का केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसमी बुटेलिनमा उल्लेख छ ।
मौसमविद् गंगा नगरकोटीका अनुसार प्रदेश १ र २ का तराई क्षेत्रमा बिहानदेखि नै वर्षा भएको छ भने बागमती र गण्डकी प्रदेशमा दिउँसोपछि वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा पनि दिउँसोपछि खण्ड खण्ड वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिइन्।
अबको तीन दिन देशका अधिकांश भूभागको मौसम बद्लिने र ठाउँ ठाउँमा मध्यमदेखि सामान्य वर्षा हुने मौसमविद् नगरकोटीले बताइन् । उनका अनुसार मनसुन भित्रिनु अघि वायु सक्रिय हुने र वर्षा हुने गर्छ । सोही अनुसार मौसम बद्लिएको हो ।
यो वर्ष ५ दिन ढिलागरि जुन १५ अर्थात असार १ गतेबाट मनसुन भित्रिदै छ । सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने गरेको भए पनि यस वर्ष मनसुन ५ दिन ढिला गरि भित्रिन लागेको हो । यो वर्ष मनसुनमा औसत वर्षा हुने महाशाखाको अनुमान छ ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
जेठ ३० गते (शुक्रबार)
दिउँसोः देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।
प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश , गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।
राति: देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।
जेठ ३१ गते (शनिबार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।
राति: देशभर आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।
जेठ ३२ गते (आइतबार)
दिउँसोः देशभर सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ।
राति: देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश , गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावना रहेको छ। प्रदेश १ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।