सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • झनै तीव्र बन्यो कोरोना संक्रमण, विश्वभर एकै दिनमा १ लाख ३६ हजार संक्रमित

झनै तीव्र बन्यो कोरोना संक्रमण, विश्वभर एकै दिनमा १ लाख ३६ हजार संक्रमित

बुधबारको रेकर्ड तोड्दै बिहीबार एकै दिनमा १ लाख ३६ हजार ७ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार १ लाख ३५ हजार ५ सय ७८ जना नयाँ संक्रमित थपिएका थिए ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

बुधबारको रेकर्ड तोड्दै बिहीबार एकै दिनमा १ लाख ३६ हजार ७ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार १ लाख ३५ हजार ५ सय ७८ जना नयाँ संक्रमित थपिएका थिए ।

पछिल्लो केहि दिन यता कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाएको छ । झनै तिब्र गतिमा फैलिएको कोरोनाबाट पछिल्लो १५ दिन यता हरेक दिन १ लाख बढि नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढि संक्रमित ब्राजिलमा थपिएका छन् । जहाँ ३० हजार ४ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । अमेरिकामा २३ हजार ३ सय जना नयाँ संक्रमित थपिएका छन् ।

भारतमा ११ हजार १ सय २८, रुसमा ८ हजार ७ सय ७९, पेरुमा ५ हजार ९ सय ६५, पाकिस्तानमा ५ हजार ८ सय ३४ र चिलीमा ५ हजार ५ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ७५ लाख २ हजार २ सय बढि संक्रमित भएका छन् भने ४ लाख २१ हजार ३२ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढि प्रभावित अमेरिकामा अहिलेसम्म २० लाख २२ हजार ४ सय ८८ जना संक्रमित भएका छन् भने १ लाख १३ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।

दोस्रो प्रभावित मुलुक ब्राजिलमा ८ लाख २ हजार ८ सय २८ जनामा संक्रमण पुष्टि भएको छ । ४० हजार ९ सय १९ जनाको मृत्यु भएको छ ।
तेस्रो प्रभावित मुलुक रुसमा ५ लाख १ हजार ८ सय संक्रमित हुँदा ६ हजार ५ सय २२ जनाको मृत्यु भएको छ ।

चौथो प्रभावित भारतमा २ लाख ९८ हजार २ सय ८३ जना संक्रमित भएका छन् भने ८ हजार ५ सय १ जनाको मृत्यु भएको छ ।

पाँचौ प्रभावित बेलायतमा संक्रमितको संख्या २ लाख ९१ हजार ४ सय ९ पुगेको छ भने ४१ हजार ३ सय ६४ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 12, 2020| 09:25 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।