सोमबार, भदौ ८, २०८३

५० हजारले दिए स्वदेश फर्कन निवेदन

विभिन्न मुलुकमा अलपत्र ५० हजार ९३ जनाले नेपाल फर्कन निवेदन दिएका छन्।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- विभिन्न मुलुकमा अलपत्र ५० हजार ९३ जनाले नेपाल फर्कन निवेदन दिएका छन्। तीमध्ये सरकारले प्राथमिकताका आधारमा चार्टर्ड विमानमार्फत २४ हजार १४८ जनालाई फिर्ता ल्याउन सिफारिस गरेको छ।

मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली फर्कने पर्खाइमा रहेको गैरआवासीय नेपाली संघले जनाएको छ।

संघले अहिलेसम्म विदेशमा अलपत्र ५११ नेपालीको उद्धार गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन्।

कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ।

म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट १६८, अस्ट्रे लियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिएको संघले जनाएको छ। कोरोना महामारीपछि महिला, बालबालिकालगायत कष्टकर अवस्थामा रहेका नेपालीलाई सरकारले उद्धार गरिरहेको छ।

प्रकाशित: Jun 12, 2020| 09:05 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।