सोमबार, भदौ ८, २०८३

राति बिरामी बोकेर हिडेको एम्बुलेन्स भीरबाट खस्यो

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डमा बिरामी बोकेर हिडेको एम्बुलेन्स भीरबाट खसेको छ ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

बैतडी- जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डमा बिरामी बोकेर हिडेको एम्बुलेन्स भीरबाट खसेको छ ।

धनगढीदेखि पुर्चौडी नगरपालिका जाँदै गरेको म १ झ ११३ नम्बरको एम्बुलेन्स राति ९ बजे सिगास गाउँपालिका–१ विन्द्रावनमा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ३ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेहरुमा पुर्चौडी नगरपालिका–५ का ५५ वर्षीय दिलबहादुर कुँवर, उनकी ४५ वर्षीया श्रीमती बेलमती र २० वर्षीय छोरा रोहित रहेका छन्।

घाइतेमध्ये दिलबहादुर र बेलमतीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उनीहरु सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।

एम्बुलेन्समा चालकसहित चारजना सवार रहेका प्रहरीले जनाएको छ। पुर्चौडी नगरपालिका–७ का चालक उत्तर विष्ट फरार छन्। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Jun 12, 2020| 07:22 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।