सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना स्रक्रमण पुष्टि भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालयले आज (शुक्रबार) विहान सार्वजनिक गरेको तथ्यांक अनुसार स्याङ्जा, पर्वत, तनहुँ र नवलपरासी पूर्वमा संक्रमित थपिएका हुन् ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

पोखरा- गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गण्डकी स्वास्थ्य निर्देशनालयले आज (शुक्रबार) विहान सार्वजनिक गरेको तथ्यांक अनुसार स्याङ्जा, पर्वत, तनहुँ र नवलपरासी पूर्वमा संक्रमित थपिएका हुन् ।

थपिएका नयाँ संक्रमित सबै भन्दा धेरै स्याङ्जाका रहेका छन्। स्याङ्जाका २२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये वालिङ नगरपालिकाका २ जना, गल्याङ नगरपालिकाका १८ जना अर्जुनचौपारि गाउँपालिकाका एक जना एक जनाको ठेगाना खुलेको छैन्।

त्यस्तै पर्वतमा थप १३ जा थपिएका छन्। उनिहरु कुश्मा नगरपालिकाका १० जना, पैयु गाउँपालिकाका एक जना, बिहादी गाउँपालिकाका एक जना र एक जनाको ठेगाना नखुलेका एक जना रहेको निर्देशनालयले जनाएको छ।

त्यस्तै तनहुँका एक जना र नवलपारसी पूर्वका एक जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद बिन्दु शर्माले जनाएका छन्।

आज बिहानै ३७ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय ८८ पुगेको छ।

प्रकाशित: Jun 12, 2020| 07:00 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।