सोमबार, भदौ ८, २०८३

आजदेखि जोरबिजोर प्रणाली लागू, यस्ता नयाँ नियम थपिए

बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज (शुक्रबार) देखि औपचारिक रुपमा जोरबिजोर प्रणाली लागू भएको छ ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं– बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार निजी सवारीसाधन आवागमनमा आज (शुक्रबार) देखि औपचारिक रुपमा जोरबिजोर प्रणाली लागू भएको छ।

उपत्यकाभित्र र अन्य जिल्लाभित्र मात्र निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन। उपत्यकाको हकमा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिएको छ।

जोर–बिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारीसाधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नुपर्ने महाशाखाले जनाएको छ।

अत्यावश्यक सवारी साधनबाहेक निजी सवारीसाधन बेलुका ९ः०० बजेदेखि विहान ५ः०० बजेसम्म भने चलाउन रोक लागाइएको छ। तर, कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारीसाधन बस, माइक्रो, हाइस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन।

अत्यावश्यक कामबाहेक जोर–बिजोर प्रणालीलाई उल्लंघन गरेर सवारीसाधन चलाउनेलाई कारवाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

उनका अनुसार उपत्यका भित्रने र बाहिरिने सवारीसाधनलाई भने अनिवार्य पास लिएको हुनुपर्नेछ। पासबिना एक जिल्लाबाट अर्को जिल्ला जान पाइने छैन।

नयाँ नियमअनुसार अब दुई पांग्रे सवारीसाधन (मोटरसाइकल, स्कुटर, मोपेड) मा चालक मात्र १ जना र चरापांग्रे सवारीसाधनमा चालकसहित ३ जना मात्र चढ्न पाइनेछ। 

प्रकाशित: Jun 12, 2020| 06:44 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।