सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कुवेतबाट फर्किएका १०२ महिला भक्तपुरको होल्डिङ सेन्टरमा

कुवेतबाट फर्किएका १०२ महिला भक्तपुरको होल्डिङ सेन्टरमा

कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ ।

नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वैटको होल्डिङ सेन्टरमा ल्याइएको हो ।

कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत त्यहाँ आममाफी पाएका नेपालीलाई कोरोना परीक्षणसमेत गरेर नेपाल ल्याइदिएको छ । लकडाउनपछि पहिलो पटक कुवेतबाट पहिलो उडानमार्फत १५० र दोस्रो उडानबाट १५० जना गरी जम्मा ३०० नेपाली महिला स्वदेश फर्किएका छन् ।

तीमध्ये त्रिभुवन विमानस्थलबाट प्रदेश नं १ मा पहिलो उडानबाट ३८ र दोस्रो उडानबाट ५४ महिला तथा प्रदेश नं २ मा पहिलो उडानबाट छ र दोश्रो उडानबाट चार महिला भक्तपुरको होल्डिङ सेन्टरमा ल्याइएको होे ।

उनीहरुलाई होल्डिङ सेन्टरमा केही घण्टा आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्ला पठाइएको वीर दल गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिए। यहाँबाट गएकाहरु आ–आफनो जिल्ला पुगेपछि होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

स्वदेश फर्किएकालाई आवश्यक पैसा साट्नुपरेमा राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायक शाखाले होल्डिङ सेन्टरमा काउण्टरको व्यवस्था गरेको र नेपाल टेलिकमले निःशुल्क सिम कार्ड वितरण गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए।

सेन्टरमा वीरदल गण सूर्यविनायकले व्यक्तिगत विवरण सङ्कलन गरी शरीरको तापक्रम मापन गरेको थियो । उनीहरुलाई सेन्टरमा केही समय आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्लामा पठाइएको छ ।

कुवेतले भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जरिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।

कुवेतले गत अप्रिल २६ देखि ३० सम्म नेपालीलाई आममाफीमा सहभागी गराएको थियो । कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेर खानाको समेत व्यबस्था गर्दै आएका दुई हजार ९९१ जनाको सूची नेपाल फर्काउन दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको बताइएको छ।
रासस

प्रकाशित: Jun 11, 2020| 21:15 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।