सोमबार, भदौ ८, २०८३

कोरोना : अर्घाखाँचीमा मृत्यु हुनेकाे संख्या दुई

अर्घाखाँचीमा काेराेना भाइरस संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

सन्धिखर्क- अर्घाखाँचीमा काेराेना भाइरस संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ। मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कंदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा आज रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए। गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कंदै गर्दा ५७ वर्षका एक पुरुषको बाटोमै मृत्यु भएको थियो।

उनी वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगललबार जिल्ला अस्पताल सन्धिखर्कमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो।

लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार उपचारपछि घर फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको थियो। योसँगै अर्घाखाँचीमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ।

यसअघि भूमिकास्थान नगरपालिकाका ३० वर्षीय पुरुषको जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो। शव नेपाल ल्याइएपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

प्रकाशित: Jun 11, 2020| 20:30 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।