सोमबार, भदौ ८, २०८३

लकडाउन केही खुकुलो, यी सेवामा अझै रोक

सरकारले लकडाउन केही खुकुलो बनाए पनि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने सेवा सञ्चालनमा भने रोक लगाएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं- सरकारले लकडाउन केही खुकुलो बनाए पनि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने सेवा सञ्चालनमा भने रोक लगाएको छ। यी सेवा सञ्चालन हुने अझै टुंगाे लागिसकेकाे छैन।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हु्न्।
शैक्षिक संस्था, अनुमति प्राप्तबाहेक अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालिम, सेमिनार, सभा, गोष्ठी र भेला सञ्चालन गर्न पाइने छैन।

यस्तै सञ्चालन नहुनेमा सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, सैलुन, तथा ब्युटीपार्लर, स्विमिङ्पुल, सपिङ मल, समूहमा खेलिने खुलकुद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुवाहक सवारीसाधन छन्।

 

प्रकाशित: Jun 11, 2020| 20:05 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।