काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको बैठक विशेष कारणले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको पार्टीले जनाएको छ।
बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको थियो। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सरकारको कामकारबाही तथा कोरोना महामारी नियन्त्रणमा सरकारले चालेका कदमको बारेमा छलफल हुने बताइएको थियो।