काठमाडाैं- सेयर कारोबार खुला हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। लकडाउनका नाममा लामो समय सेयर कारोबार बन्द हुँदा पेसा गर्ने मौलिक अधिकार हनन भएको र पेसाकर्मीको रोजीरोटीमा समस्या भएको भन्दै खुलाउन आदेश जारी गर्न माग गरिएको छ।
रिट निवेदनमा दोस्रो बजारमार्फत कारोबार हुने धितोपत्र बजारको कारोबार नियमित गर्न माग गरिएको छ। सेयर कारोबार ‘डिजिटल’ भइसकेको र अनलाइनबाट हुने भन्दै निवेदनमा त्यसले कोरोना संक्रमणको जोखिम नपारे पनि अनेक बाहनामा लामो समय बन्द गरिनु नाजायज हुने उल्लेख छ।
रिट अधिवक्ताद्वय रपिश पोखरेल र हरिप्रसाद दाहालले दायर गरेका हुन्।