काठमाडौं- लकडाउन खुकुलो पारिएसँगै सरकारी र निजी कार्यालय तथा बैंक एवम् वित्तीय कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गरिने भएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी असार १ गतेदेखि सञ्चालन हुने कार्यालयहरु यसरी दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने भएको हो।
कोरोना भाइरसको जोखिमका कारण सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरेर दुई सिफ्टमा कार्यालय सञ्चालन हुने भएका हुन्।
लकडाउनका कारण गत चैत ११ बजेदेखि बन्द भएका सबै कार्यालय सिफ्टको व्यवस्थापन तथा सामाजिक दूरी कायम गरी असार १ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।