सोमबार, भदौ ८, २०८३

प्रदेश २ मा २९ कोरोना संक्रमित थपिए

प्रदेश २ मा बिहीबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को विभिन्न जिल्लाहरुमा पछिल्लो २४ घण्टामा २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

जनकपुरधाम – प्रदेश २ मा बिहीबार २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश २ को विभिन्न जिल्लाहरुमा पछिल्लो २४ घण्टामा २९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पुष्टि भएकामा रौतहटमा १८, बारामा ७ र महोत्तरीमा ४ जना रहेका छन्। रौतहटको पौराहा र गढीमाई नगरपालिका, बाराको सिम्रौनगढ नगरपालिका र महोत्तरीको गौशाला तथा मनरा सिसवा नगरपालिकाका क्वारेन्टिनमा रहेकाहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

पछिल्लो २४ घण्टामा उपचारपछि ८२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको झाले बताए।

बिहीबार २९ जना नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ६०२ पुगेको छ। प्रदेश २ मा सबैभन्दा बढी कोरोना संक्रमितको संख्या रौतहटमा देखिएको छ । रौतहटमा ४९४ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी सप्तरीमा १११, सिरहामा ६२, धनुषामा १४४, महोत्तरीमा १७१, बारामा ८४ र पर्सामा ११९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेशभर ३० हजार ५४३ जनाको स्वाब संकलन भएकोमा १५ हजार ९९ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले बताएको छ।

प्रकाशित: Jun 11, 2020| 16:48 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।