सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका पहिलो कोरोना संक्रमितसहित ३१ जना संक्रमणमुक्त

कर्णालीका पहिलो कोरोना संक्रमितसहित ३१ जना संक्रमणमुक्त

कर्णाली प्रदेशमा ३१ जना आज कोरोना संक्रमणमुक्त भएका छन्।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

सुर्खेत- कर्णाली प्रदेशका पहिलो कोरोना भाइरस (कोभिड-१९) संक्रमित आज संक्रमणमुक्त भएका छन्।

दैलेख, आठबीसकोट नगरपालिकाका–१ का ३५ वर्षीय ती पुरुषलाई जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। झण्डै २४ दिनको उपचारपछि उनी संक्रमणमुक्त भएका छन्।

उनीसहित कर्णाली प्रदेशमा ३१ जना आज कोरोना संक्रमणमुक्त भएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार अन्य संक्रमणमुक्त भएर घर फर्किनेमा सुर्खेतका २७, सल्यानका दुई र बझाङका एक जना छन्। संक्रमणमुक्त हुनेमा २ महिने शिशुदेखि देखि ४९ वर्षसम्मका छन्।

योसहित कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६० पुगेको छ।

प्रकाशित: Jun 11, 2020| 16:13 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।