सोमबार, भदौ ८, २०८३

कर्णालीमा नाबालकसहित थप ५५ जनामा कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका ४८ जना, सुर्खेतका ६ जना र काठमाडौं स्थायी घर भई सुर्खेतकाे चिङ्गाड गाउँपालिका वडा नं. ५ बस्ने १ जना गरी कुल ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा न. १ का एक वर्षीय बालिकसहित ११ जना, वडा नं. ३ मा १ जना, वडा नं. ४ मा ८ जना, वडा नं. ५ मा १ जना, वडा नं. ६ मा १८ जना र भैरवी गाउँपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. १ मा १ जना वडा नं. २ मा ४ जना वडा नं.४ मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जनाए।

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ सय ६३ पुगेको छ। जसमध्ये ६० जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Jun 11, 2020| 16:18 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।