सोमबार, भदौ ८, २०८३

कुवेतबाट ३०२ जना नेपाली स्वदेश फर्किए

कुवेतबाट ३०२ नेपाली स्वदेश फर्किएका छन्। जजिरा एयरवेजको विमानले बिहीबार बिहान र दिउँसो गरेर कुवेतबाट नेपालीको उद्धार गरेको हो।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

कुवेतबाट ३०२ नेपाली स्वदेश फर्किएका छन्। जजिरा एयरवेजको विमानले बिहीबार बिहान र दिउँसो गरेर कुवेतबाट नेपालीको उद्धार गरेको हो।

कुवेत सरकारको सहयोगमा ती नेपाली स्वदेश फर्किएका हुन्। पहिलो चरणमा १६१ जना नेपाली महिला कामदार कुवेतबाट नेपाल ल्याइएको थियो भने दोस्रो चरणमा १४१ जना फर्किएका छन्।

कुवेतबाट फर्किएको टोलीलाई नेपाली सेनाले होल्डिङ सेन्टरमा पुर्याएको छ । त्यहाँबाट उनीहरुलाई प्रदेशअनुसार क्वारेन्टिनमा लग्ने व्यवस्था गरिने छ ।

यसअघि युनाइटेड अरब इमिरेट्सको पहलमा १६८ जना नेपाली स्वदेश फर्किएको थियो। सरकारले गत सातादेखि विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगमार्फत् नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई स्वादेश फर्काउन नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स साथै विदेशी वायुसेवा कम्पनीको जहाज प्रयोग गर्ने निर्णय बुधबार गरेको थियो । पर्यटन मन्त्रालयले गरेको निर्णय अनुसार दुई सातामा ६७ वटा उडान हुनेछन् ।

 

प्रकाशित: Jun 11, 2020| 14:47 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।