सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्च अदालतको आदेश

लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउन सरकारले दिएको आदेश खारेज गर्दै लकडाउन खुलेको ३० दिनभित्र बुझाए हुने आदेश दिएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं-  सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउन सरकारले दिएको निर्देशन खारेज गर्दै लकडाउन खुलेको ३० दिनभित्र बुझाए हुने आदेश दिएको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले गरेको अन्तरिम आदेशमा लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने  भनिएको हो ।

बुधबार भएको अन्तरिम आदेशको पूर्ण विवरण सर्वोच्च अदालतले बिहीबारमात्र सार्वजनिक गरेको हो ।

'आन्तरिक राजश्व विभागबाट २०७७ असार ७ र १५ गतेसम्म कर तथा विवरण बुझाउने सम्बन्धमा भनी जारी गरिएको सूचना लकडाउनको अवधिसम्म कार्यान्वयन नगरी पूर्ण रूपमा खुलेपश्चात बाटोको म्यादबाहेक ३०दिनभित्र बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु,' सर्वोच्चको आदेशमा उल्लेख छ।

आदेशमा लकडाउनका कारण  करदाताले आफ्नो व्यवसाय संचालन गर्न नसकेको अवस्थामा कर बुझाउन बाध्यकारी बनाउन नसक्ने पनि भनिएको छ ।

आन्तरिक राजस्व विभागले कर तिर्न जारी गरेको सूचना जेठ २० गतेबाट बढाएर असार ७ पुर्‍याएको थियो । कर तिर्न ताकेता गरेको सूचनाले व्यवसायीहरु मारमा परेको भन्दै अधिवक्ता सिर्जना अधिकारीलगायतले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

सर्वोच्च अदालतले लकडाउन खुलेको मितिलाई प्रारम्भविन्दुको रुपमा मान्नुपर्ने आदेश गरेको छ । यसअघिको फैसलामा सार्वजनिक यातायात खुलेपछिको अवस्थालाई लकडाउन खुलेको मानिने सर्वोच्चले व्याख्या गरेको थियो ।

प्रकाशित: Jun 11, 2020| 14:41 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।