प्यूठानमा एकै दिनमा एक जना कैदीसहित तीन जनाको मृत्यु भएको छ । कैदीको बिरामी भएका कारण मृत्यु भएको छ भने अर्को दुई जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा १२ वर्षिय बालिका पनि छन् ।
प्रदेश प्रहरी कार्यलय दाङका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार ज्यान मुद्दामा कैदीबन्दीको रुपमा रहेका ७० वर्षिय खगिराम रामजालि मगरको मृत्यु भएको हो ।
जिल्ला कारागार प्यूठानमा रहेका उनको एक्कासी छाति दुख्ने समस्या आएपछि उपचारको लागि जिल्ला अस्पताल प्यूठान बिजुवार लगेको र उपचारको क्रममा मृत्यु भएको हो । मृतक कैदी स्वर्गद्धारी नगरपालिका वडा नम्बर ३ का बासिन्दा हुन् ।
यसैगरी प्युठानमा थप दुई जनाको ज्यान गएको छ । ऐरावति गाउँपालिका ४ धुवांगकी वर्ष १२ कि निरुता रोकाले आत्महत्या गरेकी छन् । बिराज विककी छोरी निरुताले आफ्नै घरको तल्लामा कपडाको डोरीको पासो बनाई आत्महत्या गरेको प्रहरीले बताएको छ ।
यसैगरी गौमुखी गाउँपालिका वडा नम्बर ४ पुजाका कृष्ण प्रसाद शर्माले विषादी सेवन गर्दा निधन भएको छ । विषादी सेवन गरेका उनको उपचारको क्रममा मृत्यु भएको उक्त वडाका अध्यक्ष टुकबहादुर के.सीले नेपाल समयलाई बताए ।