सोमबार, भदौ ८, २०८३

कालिकोट टिपर दुर्घटना : थप एककाे मृत्यु

कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारमा बुधबार भएको टिपर दुर्घटनाका घाइते एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं- कालिकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारमा बुधबार भएको टिपर दुर्घटनाका घाइते एक जनाको मृत्यु भएको छ।

दुर्घटनाका घाईते निस्पता सार्कीको काठमाडौंको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

कोरोना संक्रमणको आशंकामा मृतक र घाइते दुवै जनाको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ। अर्का घाइतेलाई किस्टले पुनः ट्रमा सेन्टर रिफर गरेको छ।

भारतबाट आएकालाई लिन नगरपालिकाले पठाएको ना ८ ख ५१३३ नम्बरको टिपर बुधबार दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको थियो।

दुर्घटनामा १२ जना घाइते भएका थिए। जसमध्ये गम्भीर अवस्थाका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। बाँकी १० जनाको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ।

प्रकाशित: Jun 11, 2020| 13:45 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।