सोमबार, भदौ ८, २०८३

१० अर्बको हिसाब माग्दै चितवनमा पनि प्रदर्शन

कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै चितवनमा युवाहरुले मौन प्रदर्शन गरेका छन्।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

कोरोना भाइरस नियन्त्रण तथा उपचारका लागि सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै चितवनमा युवाहरुले मौन प्रदर्शन गरेका छन्।

जिल्लाका विभिन्न स्थानबाट भरतपुरमा जम्मा भएका युवाहरुले राष्ट्र भक्तिका गीत बजाउँदै प्ला कार्ड प्रदर्शन गरेका थिए। सरकारले गरेको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, पीसीआर जाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थापन राम्रो गर्नुपर्ने लगायत माग प्रदर्शनकारीको छ।

सरकारले कोरोना उपचारका लागि १० अर्ब रुपैयाँ खर्च भएको सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

यसै विषयलाई लिएर हिजो बुधबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो। आज पनि प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भइरहेको छ।

प्रकाशित: Jun 11, 2020| 12:29 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।