सोमबार, भदौ ८, २०८३

भारतबाट फर्कंदै गरेका युवकको सीमामा मृत्यु

लकडाउनका बेला भारतको मुम्बईदेखि विभिन्न दुःख सहँदै सीमावर्ती सहर आइपुगेका एक नेपालीको मृत्यु भएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

भैरहवा- लकडाउनका बेला भारतको मुम्बईदेखि विभिन्न दुःख सहँदै सीमावर्ती सहर आइपुगेका एक नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेमा पश्चिम नवलपरासी कुडिया ७ का ३५ वर्षीय पुरुष छन्। मुम्बईमा मजदुरी गर्ने उनी कम्पनी बन्द भएपछि घर फर्किएका थिए। उनी तीन दिनको बसयात्रापछि सुनौली आइपुगेको बताइएको छ।

उनको मृत्युको कारण भने खुल्न सकेको छैन। मृतकको कोरोना परीक्षण भारतमै गर्न लागिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए।

स्वाब परीक्षणका लागि भारतीय पक्षले नमुना संकलन गरी प्रयोगशाला लगिसकेको र रिपोर्ट आइसकेपछि शव ल्याएर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पन्थले बताए।

तीन दिनअघि भारतको मुम्बईबाट पाल्पाका तीनजना साथीसहित हिँडेका बिहान ४ बजेतिर सुनौली आइपुगेका थिए। सुनौली बजारमा बसेका उनलाई बिहान वान्ता भएको र पछि मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए।

प्रकाशित: Jun 11, 2020| 12:10 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।