सोमबार, भदौ ८, २०८३

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकामाथि पानीको फोहरा

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ।

कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले सामाजिक दूरी कायम गर्दै बालुवाटारमा प्रदर्शन गरेका थिए।

शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले प्रदर्शन नगर्न आग्रह गरेको थियो। उक्त आग्रह युवाहरूले नमानेपछि पानीको फोहरा प्रहार गरेको हो।

प्रदर्शनकारीले सरकारले खर्च गरेको दश अर्ब रूपैयाँको हिसाब मागेका थिए। त्यस्तै, आरडीटी नभएर पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिनमा उचित सुविधा हुनुपर्नेलगायत नारा लेखेका प्लेकार्ड बोकेका छन्।

यसै विषयलाई लिएर दुई दिनअघि पनि बालुवाटारमा प्रदर्शन भएको थियो। दूरी कायम गरेर प्रदर्शन गरेका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र लाठी प्रहार गरेको थियो।

प्रकाशित: Jun 11, 2020| 12:07 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।