सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकै दिनमा १२ हजारभन्दा बढी संक्रमित, ३८८ को मृत्यु

भारतमा कोरोनाबाट एकै दिनमा १२ हजारभन्दा बढी संक्रमित, ३८८ को मृत्यु

कोरोना भाइरसबाट भारतमा बुधबार एकैदिनमा १२ हजार ३ सय ७५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ सय ८८ जनाले ज्यान गुमाएका छन् ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं- तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा बुधबार एकैदिनमा १२ हजार ३ सय ७५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ सय ८८ जनाले ज्यान गुमाएका छन् ।

भारतमा एकै दिनमा यति धेरै व्यक्ति संक्रमित भएको यो पहिलो पटक हो । यसअघि जेठ २५ गते १० हजार ८ सय ६४ व्यक्ति संक्रमित भएका थिए । उक्त रेकर्ड तोड्दै यति धेरै व्यक्ति संक्रमित भएका हुन् ।

लकडाउन खुकुलो बनाएसँगै भारतमा संक्रमण तिब्र गतिमा फैलिएको छ । बजार, पसल, उद्योगधन्दा र यातायातका साधन चल्न थालेपछि दिनहुँ ८ देखि १० हजार व्यक्तिमा संक्रमण पुष्टि हुँदै आएको छ ।

अहिलेसम्म २ लाख ८६ हजार ८ सय ७४ जना संक्रमित भएका छन् भने ८ हजार १ सय ७ जनाको मृत्यु भएको छ । १ लाख ४० हजार ९ सय ७९ जना निको भएर घर फर्किएका छन् ।

भारतमा सबैभन्दा बढि कोरोनाबाट महाराष्ट्र राज्य प्रभावित भएको छ । जहाँ ९४ हजार ४१ जना संक्रमित भएका छन् भने ३ हजार ४ सय ३८ जनाको मृत्यु भएको छ ।

दोस्रो प्रभावित तमिलनाडुमा ३६ हजार ८ सय ४१ जना संक्रमित भएका छन् भने ३ सय २७ जनाको मृत्यु भएको छ ।

दिल्लीमा २२ हजार ८ सय १० जनामा संक्रमण पुष्टि हुँदा ९ सय ८४ जनाको मृत्यु भएको छ । गुजरातमा २१ हजार ५ सय ५४ जना संक्रमित हुँदा १ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 11, 2020| 11:25 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।