सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खुकुलो भयो लकडाउन, आजबाट जोरबिजोरका आधारमा सवारी चल्ने

खुकुलो भयो लकडाउन, आजबाट जोरबिजोरका आधारमा सवारी चल्ने

बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अधिकांश क्षेत्र खोल्ने र जोर विजोरका आधारमा सवारी चल्न दिने निर्णय गरेको छ ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडाैं- सरकारले ७८ दिनपछि लाडकाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अधिकांश क्षेत्र खोल्ने र जोर विजोरका आधारमा सवारी चल्न दिने निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार निजी सवारी, ट्याक्सी, पसल, व्यवसायका सवारी आजबाट जोर विजोरका आधारमा चल्न पाउने भएका छन् । तर, निश्चित नाकाभित्र मात्र सञ्चालन गर्न अनुमति दिइएको छ । लामो दुरीको यात्रामा रोक लगाइएको छ।

काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रमा आज (बिहीबार)देखि सवारी साधनको पछाडिको अंक जोर भएका सवारी साधन जोर गते र विजोर भएका सवारी विजोर गतेका दिन चल्न पाउने छन् ।

कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रीय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ।

यससम्बन्धी बिस्तृत निर्णय भने आज (विहीबार) सार्वजनिक गरिने भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर कृषि, उद्योग, व्यापार खुकुलो गर्ने निर्णय पनि सरकारले गरेको छ।

सरकारले चैत ११ गतेबाट लागु गरेको लकडाउनका कारण ७८ दिनसम्म अत्यावाश्यकबाहेकका सबै क्षेत्र ठप्प थियो ।

प्रकाशित: Jun 11, 2020| 08:09 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।