सोमबार, भदौ ८, २०८३

वुहानमा भन्दा बढी कोरोना संक्रमित मुम्बईमा

महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित छ, जहाँ ९० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। मुम्बई महाराष्ट्रको राजधानी हो।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

भारतको आर्थिक राजधानी मुम्बईमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ हजार पुगेको छ। यो संख्या चीनको वुहान सहरको भन्दा पनि बढी हो।

वुहान कोरोना भाइरसको उद्गम स्थल हो। गएको डिसेम्बर अन्तिम साता वुहानबाट सुरु भएको यो भाइरस विश्वभर फैलिसकेको छ।

भारतमा संक्रमितको कुल संख्या २ लाख ७६ हजार नाघेको छ। महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित छ, जहाँ ९० हजारभन्दा बढी संक्रमित भइसकेका छन्। मुम्बई महाराष्ट्रको राजधानी हो।

मुम्बईसँगै भारतको केन्द्रीय राजधानी मुम्बईमा पनि कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। दिल्ली सरकारले जुलाई अन्तिमसम्ममा त्यहाँ ५ लाख संक्रमित हुन सक्ने बताएको छ।

भारतले करिब साढे दुई महिना लकडाउन गरेपछि अहिले क्रमशः खुकुलो बनाउँदै लगेको छ। त्यहाँ मार्च २४ देखि लकडाउन गरेकोमा जुन १ तारिखदेखि क्रमशः खुला गरिरहेको छ।

भारतमा दैनिक संक्रमणको आँकडा हेर्दा कोरोना उच्च बिन्दुमा अझै पुगिनसकेको विज्ञहरुले बताएका छन्।

प्रकाशित: Jun 11, 2020| 07:40 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।