काठमाडौं- सरकारले जारी लकडाउनलाई खुकुलो पार्दै काठमाडौं उपत्यका लगायत कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा बिहीबारबाट बजार खोल्न दिने निर्णय गरेको छ ।
त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोर गरेर चल्न दिने भएको छ।
बुधबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले जनजीवन सहज पार्नका लागि पसल खोल्न दिने र निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
लामो दूरीमा भने निजी सवारी साधनलाई पनि अझै अनुमति दिइएको छैन।
त्यस्तै, चारपांग्रे सवारी साधनमा चालकबाहेक २ जना र मोटरसाइकलमा एकजनामात्रै बस्न पाउनेछन् भने सार्वजनिक यातायात तत्काल खुल्ने छैन।
मन्त्रिपरिषद् बैठकले आज गरेका लकडाउनलाई पुनर्व्यवस्थित गर्ने निर्णयको विस्तृत व्यहोरा भने बिहीबार मात्रै सार्वजनिक गर्ने भएको छ।