सोमबार, भदौ ८, २०८३

कोरोना : कुन प्रदेशको अवस्था कस्तो ?

कोरोना भाइरसबाट नेपालमा हालसम्म ४ हजार ३६४ जना संक्रमित भएका छन् भने ६७४ जना संक्रमित संक्रमणबाट मुक्त भएका छन् ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

कोरोना भाइरसबाट नेपालमा हालसम्म ४ हजार ३६४ जना संक्रमित भएका छन् भने ६७४ जना संक्रमित संक्रमणबाट मुक्त भएका छन् ।

हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ भने हाल नेपालभर एक लाख ७२ हजार २६६ मानिस सम्भावित संक्रमित हुन सक्न भन्दै क्वारेन्टिनमा छन् ।

कुन प्रदेशको अवस्था कस्तो ?

प्रदेश १
प्रदेश १ मा हालसम्म १३ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् भने ओखलढुंगामा संक्रमित भेटिएका छैनन् । आजको दिनसम्म ३ सय १ जना संक्रमित भएका छन् भने १ सय २६ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हाल आइसोलेसनमा १ सय ७५ जना संक्रमित उपचाररत छन् । प्रदेश १ मा अहिलेसम्म कुनै पनि संक्रमितको मृत्यु भएको छैन । ४ हजार ५ सय ४२ जना मानिसहरु क्वारेन्टिनमा छन् ।

प्रदेश २

प्रदेश २ का सबै ८ वटा जिल्लाहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । सबैभन्दा धेरै संक्रमित रहेको प्रदेश २ मा कोरोनाको कारण १ जनाको मृत्यु भएको छ । हालसम्म प्रदेश २ मा १ हजार ५ सय ९२ जना संक्रमित भएकोमा २ सय ७३ जना संक्रमणमुक्त भएका छन् ।

हाल १ हजार ३ सय १८ जना कोरोना संक्रमितहरु आइसोलेसनमा छन् । यस प्रदेशमा आजको दिनमा १९ हजार ७ सय ५५ जना मानिसहरु क्वारेन्टिनमा छन् ।

बागमती प्रदेश

सबैभन्दा कम संक्रमित भएको बागमती प्रदेशमा जम्मा ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

रसुवा बाहेक सबै जिल्लामा फैलीएको कोरोनाका कारण बागमतीमा अहिलसेसम्म १ सय ४० जना कोरोना संक्रमितका बिरामीहरु भेटिएको यस प्रदेशमा ३७ जना कोरोनामुक्त भएका छन् भने ९९ जना आइसोलेसनमा छन् । हाल ३ हजार ४४ जना क्वारेन्टिनमा छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा हालसम्म १ सय ४७ जना संक्रमितहरु भेटिएकामा ४ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । हाल १ सय ४२ जना आइसोलेसनमा छन् भने १ जनाको मृत्यु भएको छ ।

हाल गण्डकी प्रदेशमा १३ हजार ७ सय ४६ जना मानिसहरु क्वारेन्टिनमा छन् । गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा हालसम्म कुनैपनि संक्रमित भेटिएका छैनन् ।

प्रदेश ५

प्रदेश ५ मा पनि सबै जिल्लामा कोरोना संक्रमितहरु भेटिएका छन् । यस प्रदेशमा १ हजार ३ सय १५ जना कुल संक्रमित भेटिएकोमा १ सय ९६ जना संक्रमितहरु कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल ११ सय १५ जना संक्रमितहरु आइसोलेसनमा छन् भने ३८ हजार २ सय ९१ जना क्वारेन्टिनमा छन् । प्रदेश ५ मा हालसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा एक जिल्ला रुकुम पश्चिम बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन् । हालसम्म ७ सय ४ संक्रमितहरु भेटिएको कर्णलाी प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।

हाल ६ सय ७६ जना संक्रमितहरु आइसोलेसनमा छन् भने २५ जना संक्रमितहरु अस्पतालबाट कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । कर्णालीमा २९ हजार ९ सय ९८ जना क्वारेन्टिनमा छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सबैभन्दा धेरै ६२ हजार ९ सय २ जना क्वारेन्टिनमा रहेका छन् । यस प्रदेशमा जम्मा १ सय ६५ जना कोरोना संक्रमित भेटिएकोमा १३ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

हाल आइसोलेसनमा १ सय ५० जना संक्रमित छन् । सुदूरपश्चिमका सबै जिल्लामा संक्रमितहरु भेटिएका छन् ।

प्रकाशित: Jun 10, 2020| 19:05 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।