सोमबार, भदौ ८, २०८३

फौजी किरा नियन्त्रण गर्न खेतबारीमा प्राविधिक

 हुर्कंदै गरेको मकैबालीमा लागेको फौजी किराले नियन्त्रण गनै कृषि प्राविधिक खटिएका छन्।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

जाजरकाेट- हुर्कंदै गरेको मकैबालीमा लागेको फौजी किराले नियन्त्रण गनै कृषि प्राविधिक खटिएका छन्।

जिल्लाको शिवालय गाउँपालिकाले औषधिसहितको प्राविधिक टोली कृषकको खेतबारीमा खटाएर औषधि गर्न थालेपछि कृषक खुसी भएका छन्। कोरोना भाइरसका कारण समस्यामा परेका बेला खेतबारीमै प्राविधिक पठाएर रोगको निदान गरेपछि आफूहरु खुसी भएको शिवालय गाउँपालिका–३ का कृषक लालबहादुर थापाले बताए।

गाउँपालिकाभरि फौजी किराले मकै सखाप पारेपछि कृषक हैरान भएको उनले बताए। अहिले प्राविधिक गाउँ गाउँमा गएर उपचार गर्दा केही सहज भएको अर्का कृषक उद्धय शाहीले बताए।

गाउँपालिकाभित्र रोपिएका मकैमा कहाँ कहाँ फौजी किराले मकैको बोट काटेको छ त्यहाँबाट सिधा गाउँपालिकामा सम्पर्क गर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीले जानकारी दिए।

फौजी किरा नियन्त्रण गरी कृषिजन्य वस्तु उत्पादनका लागि वातावरण तयार गर्न गाउँपालिकाले फौजीकिरा नियन्त्रण तथा व्यवस्थापन कोष स्थापना गरेको छ। सोही कोषमार्फत कृषकलाई परेको समस्या समाधान गर्न लागिएको अध्यक्ष शाहीले जानकारी दिए।

प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले भने, “अध्यक्षलगायत अन्य जनप्रतिनिधि र स्थानीयवासीले दिएको सूचनाका आधारमा हामी विषादी र स्प्रे ट्याङ्की बोकेर गाउँ गाउँका खेतबारीमा पुग्छाै‌‌।”

गाउँपालिकाभित्र रहेका कृषि जेटिए पढेर बस्नुभएका आन्तरिक जनशक्तिलाई दैनिक रु ५०० भत्ता दिएर फौजीकिरा नियन्त्रणका लागि खटाइएको छ। पहिलो चरणमा रु दुई लाख ५० हजार कोष स्थापना गरेर फौजीकिरा नियन्त्रणको काम भएको उनको भनाइ छ। -रासस

प्रकाशित: Jun 10, 2020| 18:00 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।