सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान संशोधन प्रस्ताव फिर्ता नगरे सरिता गिरीलाई कारवाही गर्ने पार्टीको चेतावनी

संविधान संशोधन प्रस्ताव फिर्ता नगरे सरिता गिरीलाई कारवाही गर्ने पार्टीको चेतावनी

जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ।

सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको दफा २ खारेज गर्न संशोधन प्रस्ताव दर्ता गराएकी गिरीलाई सो पार्टीले कारवाहीको चेतावनी दिएको हो।

सांसद गिरीले बुधबार नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन्।

संघीय संसद सचिवालयमा दर्ता गराएको उनको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधन गरेर नेपालको अद्यावधिक नक्साअनुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ।

समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले संसदीय दलको निर्देशनबिना संशोधन प्रस्ताव दर्ता गराएको भन्दै फिर्ता लिन निर्देशन दिएका हुन्।

गिरीले नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा भारतकै भएको अभिव्यक्ति दिँदै आएकी छिन्।

प्रकाशित: Jun 10, 2020| 17:58 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।