सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २: एकै दिन १९६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ सय नाघ्यो

प्रदेश २: एकै दिन १९६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५ सय नाघ्यो

प्रदेश २ मा एकै दिन १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

जनकपुरधाम- प्रदेश २ मा एकै दिन १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याेसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ५७३ पुगेको छ।

बुधबार प्रदेश २ को रौतहटमा सबैभन्दा बढी ६८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। जिल्लाको गौर, राजपुर, टिकौलिया, घिउरालगायतका क्वारेन्टिनमा रहेका ६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। ६८ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या ४७६ पुगेको छ।

महोत्तरीको विभिन्न क्वारेन्टिनमा रहेका ४४ जनामा कोरोना पुष्टि भएको छ। महोत्तरीको जलेश्वर नगरपालिकास्थित क्वारेन्टिनका ३१ र मनरा सिसवा नगरपालिका क्वारेन्टिनका १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। महोत्तरीमा ४४ जना थपिएसँगै संक्रमितको संख्या १६७ पुगेको छ।

यसैगरी धनुषामा २२ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको मिथिला नगरपालिकास्थित क्वारेन्टिनका ११, विदेह नगरपालिका क्वारेन्टिनका ७ र जनकनन्दनी गाउँपालिका क्वारेन्टिनका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। धनुषामा कोरोनाबाट क्रमण हुनेको संख्या १४४ पुगेको छ।

सर्लाहीमा ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सर्लाहीको रामनगर गाउँपालिका, चन्द्रनगर गाउँपालिका र कविलासी गाउँपालिका र हरिवन नगरपालिका क्वारेन्टिनमा रहेका ४३ जनामा संक्रमण पुष्टि भएको हो। सर्लाहीमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ।

सिरहामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सिरहा नगरपालिका, बरियारपट्टी र सुखिपुर क्वारेन्टिनका १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। १३ जना थपिएसँगै सिरहामा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ।

यसैगरी बुधबार सप्तरीमा ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सप्तरीको छिपरामाई गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ६ जनामा संक्रमण देखिएको छ।

प्रकाशित: Jun 10, 2020| 17:45 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।