बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सहयोगीलाई कोरोना भएपछि 'सेल्फ-आइसोलेसन'मा रुसी राष्ट्रपति

सहयोगीलाई कोरोना भएपछि 'सेल्फ-आइसोलेसन'मा रुसी राष्ट्रपति

रुसका राष्ट्रपति भलाद्‌मीर पुटिनका सहयोगीलाई कोरोना भाइरसको संक्रमण भएपछि राष्ट्रपति पुटिन सेल्फ-आइसोलेसनमा बसेका छन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

मस्को- रुसका राष्ट्रपति भलाद्‌मीर पुटिनका सहयोगीलाई कोरोना भाइरसको संक्रमण भएपछि राष्ट्रपति पुटिन सेल्फ-आइसोलेसनमा बसेका छन्। 

National life

समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार राष्ट्रपति पुटिन सेल्फ-आइसोलेसनमा बसेका हुन्। एक महत्वपूर्ण बैठकमा सहभागी हुन दुशान्बे यात्रामा जान लागेका राष्ट्रपति पुटिन सेल्फ-आइसोलेसनमा बसेसँगै उनको यात्रा तालिका रद्द गरिएको छ। 

रुसको सरकारी कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार सहयोगीलाई कोरोना संक्रमण भएपछि राष्ट्रपति पुटिनको ताजिकिस्तान यात्रा रद्द गरिएको हो। 

राष्ट्रपति कार्यालय क्रेमलिनले आफ्नो वेबसाइटमा राखिएको सूचनामा भनिएको छ, 'राष्ट्रपति पुटिनका सहयोगीलाई कोरोना संक्रमण भएको छ। जसका कारण एक निश्‍चित समयका लागि उनी सेल्फ-आइसोलेसनमा बसेका छन्। जसका कारण ताजिकिस्तान यात्रा पनि रद्द गरिएको छ।'

राष्ट्रपति पुटिन कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसनको बैठकमा सहभागी हुने ताजिकिस्तानको राजधानी दुशान्बे जाने कार्यक्रम रहेको थियो। यससँगै १६ र १७ सेप्टेम्बरमा हुने सांघाइ कर्पोरेशनको बैठकमा पनि उनले भाग लिने बताइएको थियो। 

Laxmi sunrise bank
kumari

राष्ट्रपति पुटिनले कोरोनाविरुद्धको रुसी खोप स्पुतनिक लगाएका थिए। उनलाई हालसम्म कुनै लक्षण देखिएको बारेमा भने जानकारी गराइएको छैन। 





प्रकाशित: Sep 14, 2021| 16:23 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।