सोमबार, भदौ ८, २०८३

बिना तथ्य र प्रमाण आक्षेप लगाउनु दुखद् : नेपाली सेना

नेपाली सेनाले कोभिड–१९ नियन्त्रण एवम् रोकथामका लागि स्वास्थ्य सामग्री खरिदका विषयमा सेनालाई विवादमा ल्याउने कार्य भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

नेपाली सेनाले कोभिड–१९ नियन्त्रण एवम् रोकथामका लागि स्वास्थ्य सामग्री खरिदका विषयमा सेनालाई विवादमा ल्याउने कार्य भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जी टू जी प्रक्रियामार्फत् चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री र उपकरणका बारेमा सेनालाई विवादमा ल्याउने काम भैरहेको भन्दै सेनाले बुधबार प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ।

‘प्रचलित प्रक्रिया र मापदण्ड बम्मोजिम खरिद गरिएका सामग्रीहरुको मूल्यको तुलनाको आधारमा विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउनु आफैमा अत्यन्त गम्भीर विषय हो’ विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक खरिद ऐन अन्र्तगत नै सबै सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित खरिद इकाई र गुणस्तर नियन्त्रण निरीक्षण उपसमिति गठन गरी सामग्री खरिद गरिएको सेनाले स्पस्ट पारेको छ।

अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्न आन्तरिक खरिद निर्देशिकासमेत जारी गरेको भन्दै सेनाले विषम परिस्थिति, माग र आपूर्तिको फरक परिवेश तथा गुणस्तर जस्ता विषयहरु तुलना गर्न नसकिने बताएको छ।

प्रकाशित: Jun 10, 2020| 17:30 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।