काठमाडौं– भारतबाट स्वदेश फर्किंदै गरेका एक युवकको नेपाल–भारत सीमानाका सुनौलीमा मृत्यु भएको छ।
भारतको मुम्बईबाट घर फर्किरहेका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका ३५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले भारतीय भूमिमा बेहोस भएको र केही समयपछि मृत्यु भएको बताए। उनको शव भारतीय भूमिमै छ।
मृतकको कोरोना परीक्षणका लागि भारतीय पक्षले स्वाब संकलन गरी पठाएको र रिपोर्ट आएपछि शव व्यवस्थापन गरिने जनाइएको छ।