काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घन्टामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ । यीमध्ये ६७४ जना डिस्चार्ड भएका छन् भने १५ जनाले ज्यान गुमाएका छन्।
मन्त्रालयले बुधबार आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले थपिएका संक्रमितमध्ये २५७ पुरुष र २२ महिला भएको जानकारी दिए।
आज थपिएका संक्रमितमध्ये मोरङका ८ जना, चितवनका २ जना, झापाका ५ जना, उदयपुरका ४ जना, नवलपुरका १ जना, सर्लाहीका २७ जना, कपिलवस्तुका ४८ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानको ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाको १ जना छन् ।
त्यस्तै सप्तरीका ६ जना दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जनामा संक्रमण देखिएको छ।
त्यसैगरी दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुरका १ जना, धादिङका १६ जना, धुनषाका ११ जना, गोरखाका ४ जना, नुवाकोट १ जना, रौतहटका ५३ जना, सिन्धुपाल्चोकको २ जना, सिराहाका १ जना पनि संक्रमण पुष्टि भएको छ।
नेपालमा आजसम्म १ लाख १० हजार ७४४ नमुनाहरु पीसीआर विधिबाट परीक्षण भएका छन् ।
नेपालमा हालसम्म ७२ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् भने ओखलढुंगा, रसुवा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा हालसम्म एकजना पनि संक्रमित छैनन् ।