सोमबार, भदौ ८, २०८३

कर्णालीमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो

कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ सय नाघेको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

सुर्खेत- कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ७ सय नाघेको छ। आज ३७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या ७ सय ८ पुगेको छ।

प्रदेश प्रयोगशाला र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा दैलेखका २५, सुर्खेतका ९ र जाजरकोटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

तीमध्ये दैलेखको गुंगेश्वर गाउँपालिका वडा नम्बर १ मा १, वडा नम्बर २ मा ४, वडा नम्बर ३ मा १, वडा नम्बर ४ मा ११ र वडा नम्बर ५ मा ६ जना छन्। यस्तै, स्थानीय तह स्पष्ट नखुलाइएका (अवलपराजुल)का २ जना छन्।

त्यस्तै, सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ४ का १, गुर्भाकोट नगरपालिका वडा नम्बर १२ मा २, वडा नम्बर १४ मा ५ र सिम्ता गाउँपालिका वडा नम्बर ३ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यस्तै, जाजरकोटको छेडागाड नगरपालिका वडा नम्बर १२ मा २ जना र शिवालय गाउँपालिका वडा नम्बर १ मा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

कर्णालीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये २९ जना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: Jun 10, 2020| 15:46 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।