काठमाडौं – प्रमुख प्रतिपक्षी दल कांग्रेस केन्द्रीय समिति सदस्य तथा सांसद गगनकुमार थापाले नेपालको कोराना भाइरसको आँकडा विश्वको आँकडासँग दाँजेर हेर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
संसद्मा बुधबार सम्बोधन गर्दै थापाले भने, प्रधानमन्त्रीले नेपालमा कोरोना भाइरसबाट मर्नेको संख्या कम छ भन्नुभयो। के यो संख्यालाई विश्वको आँकडासँग दाँजेर हेर्नुभएको छ?’
थापाले प्रधानमन्त्रीको भ्रष्टाचार नसहने अभिव्यक्तिप्रति इंगित गर्दै भने, ‘स्वास्थ्य सामग्रीमा भ्रष्टाचारको सूची राखेर संसदमा छलफल गर्न म प्रधानमन्त्रीलाई आह्वान गर्छु।’
उनले भारतबाट फर्किएका नेपालीका लागि क्वारेन्टिनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए।