सोमबार, भदौ ८, २०८३

'हिसाबको चिन्ता नगरौं, कोभिड–१९ को चिन्ता गरौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै प्रकारको भ्रष्टाचार, अनियमितता र अपारदर्शिता नसहने दाबी गरेका छन्।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै प्रकारको भ्रष्टाचार, अनियमितता र अपारदर्शिता नसहने दाबी गरेका छन्। संघीय संसदमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो अवस्थामा कसैले भ्रष्टाचार गर्छ भने त्यो कुनै हालतमा मानिस हुन नसक्ने बताए।

उनले कोरोना भाइरस निर्मूल पार्ने विशेष काममा लागेका कारण लेखा परीक्षण हुन नसकेको बताए। उनले भने, ‘हिसाबको चिन्ता नगरौं, कोभिड–१९ को चिन्ता गरौं।
उनले भने, ‘मानिसमा के भावना विकास भएको छ भने – सरकारले अलिकति पैसा पायो। यिनीहरुले भ्रष्टाचार नै गरे होलान्! तर त्यस्तो भएको छैन। हामी संघीय, स्थानीय र प्रदेश सरकार सबैले काम गरिरहेका छौं।’

प्रधानमन्त्रीका अनुसार अहिले एउटा नाकामा पनि ५/७ हजार मानिस थपिएका छन्। त्यसलाई व्यवस्थापन गर्न स्थानीय सरकार लागेको छ।
‘जनतामा यस्तो असन्तुष्टिको बीच, जनचासोको बीच स्थानीय सरकारले कसरी काम गरिरहेको होला? यस्तो बेलामा हरहिसाब खोज्नु हुँदैन,’ प्रधानमन्त्रले भने।

 

प्रकाशित: Jun 10, 2020| 12:26 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।