सोमबार, भदौ ८, २०८३

नवलपरासी (बसुपू)मा थप दुई जनालाई कोरोना संक्रमण

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा थप दुई जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

काठमाडौं- नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा थप दुई जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

गण्डकी प्रदेशको पोखरास्थित स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोराना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नवलपरासी (बसुपू)को गैडाकोड नगरपालिका २३ र २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिए।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक सय ४७ पुगेको छ।

यसअघि बुधबार बिहान नवलपरासी (बसुपू)को देवचुली नगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: Jun 10, 2020| 12:21 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।