बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालबालिकालाई कोभिड खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको छ : प्रधानमन्त्री

बालबालिकालाई कोभिड खोप उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध चाँडै उपलब्ध गराउने प्रयास गरेको बताएका छन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि कोभिड–१९ विरुद्धको खोप उपलब्ध चाँडै उपलब्ध गराउने प्रयास गरेको बताएका छन्। 

५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले खोपका लागि सरकारले सम्पूर्ण प्रयास गरेको बताएका छन्। सरकारले बालबालिकाका लागि ६० लाख डोज खोप ल्याउने तयारी गरिरहेको छ। बालबालिकालाई कोभिड–१९ को नकरात्मक पक्षबाट जोगाउन आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए। 

यसका लागि बालबालिकाको शिक्षा स्वास्थ्य तथा संरक्षणका विषयामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। कोभिड–१९ बाट प्रभावित बालबालिकाका लागि सरकारले प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शैय्याको व्यवस्था गरिएको जानकारी दिएका छन्। बालमैत्री राष्ट्र निर्माणका लागि समुदाय, सरकार, विद्यालय र स्वास्थ्य सेवा पनि बालमैत्री हुन आवश्यक प्रधानमन्त्री देउवाले बताएका छन्।


प्रकाशित: Sep 14, 2021| 14:21 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।