बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती स्वास्थ्य मन्त्रालयको दरबन्दीमा गोदानको आपत्ति

बागमती स्वास्थ्य मन्त्रालयको दरबन्दीमा गोदानको आपत्ति

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंशोधन गरेको प्रस्तावित दरबन्दीमा चिकित्सक समावेश नभएको भन्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले आपत्ति जनाएको छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले संंशोधन गरेको प्रस्तावित दरबन्दीमा चिकित्सक समावेश नभएको भन्दै सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले आपत्ति जनाएको छ। 

संघले विज्ञप्ति जारी गर्दै संशोधन गरेर नयाँ दरबन्दी बनाउँदा पनि चिकित्सकलाई समावेश नगरेको भन्दै आपत्ति जनाएको हो। विज्ञप्तिमा भनिएको छ, ‘नर्सिङ अधिकृत, जनस्वास्थ्य स्वास्थ्य अधिकृत जस्ता अरु विधाका स्वास्थ्यकर्मीहरू समावेश गरिनु तर चिकित्सक समूहको मेडिकल अधिकृत र विशेषज्ञ जानाजान नराखिनु हास्यास्पद एवं खेदपूर्ण छ।’

चिकित्सकलाई पाखा लगाउने काम भएमा विरोध जारी रहने र आन्दोलनका कार्यक्रम गर्ने चेतावनी उसले दिएको छ। ‘चिकित्सा शिक्षा पढेका, स्वास्थ्यमा सबैभन्दा बढी अध्ययन, अनुसन्धान गर्ने चिकित्सक वर्गलाई नीति निर्माणको तहका लागि नियोजित रुपमै अयोग्य देखाउन खोजिनु निकै खेदपूर्ण हीन भावना र कुण्ठाले भरिएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ। यसअघि प्रस्तुत गरेको दरबन्दी तेरिजमा प्रशासन समूहको सचिव रहने व्यवस्था थियो। त्यसमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विरोध गरेपछि स्वास्थ्य समूहकै सचिव बनाउने गरी संशोधन गरिएको छ।


प्रकाशित: Sep 14, 2021| 14:19 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।