बुधबार, कात्तिक १९, २०८२

प्रदेश २ खेलकुद : प्रशस्त सम्भावना, दयनीय अवस्था

प्रदेश सरकारले खेलकुद परिषद् गठन नै गर्न सकेको छैन। यस्तै प्रादेशिक सरकारले बजेट ल्याउन थालेको दोस्रो आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश २ का खेलका पूर्वाधार विकासको जग बसेको देखिँदैन।
 |  आइतबार, जेठ २५, २०७७

विनय सापकोटा

विनय सापकोटा

आइतबार, जेठ २५, २०७७

काठमाडाैं- २०७५/७६, खेलकुदमा प्रदेशले ९ करोड ७४ लाख वितरण गरेको थियो। मुख्य कार्यक्रम र रणनीति युवालाई शारीरिक रुपमा स्वस्थ बनाउँदै खेलकुद क्षेत्रको समग्र विकासका लागि 'खेलेगा मधेर खिलेगा मधेस' को नारालाई मूर्त रुप दिइने उल्लेख थियो भने खेलाडीलाई प्रोत्साहन तथा खेलकुद पूर्वाधार विकास गर्दै लगिने योजना थियो। खेलमैदान तथा पूर्वाधार विकासका विषय पनि समेटिएका थिए।

Kumaribank

२०७६/७७, जनकपुर, वीरगन्ज, राजविराज, जलेश्वरलगायतका स्थानमा रंगशाला तथा मैदान निर्माण गरिने कार्यक्रम थियो। यसका लागि १२ करोड ८० लाख विनियोजन गरिएको थियो।

पछिल्ला तीन वर्षमा सरकारले खेलकुदमा क्रमशः २ अर्ब २४ करोड, २ अर्ब ४ करोड, ३ अर्ब ९९ करोड लगानी गरेको छ। यस्ता नीति तथा कार्यक्रम र बजेट भए प्रदेश २ मा खेलकुद क्षेत्रको अवस्था दयनीय छ। पहिलो कुरा त प्रदेश सरकारले खेलकुद परिषद् गठन नै गर्न सकेको छैन। यस्तै प्रादेशिक सरकारले बजेट ल्याउन थालेको दोस्रो आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश २ का खेलका पूर्वाधार विकासको जग बसेको देखिँदैन।

जिम्मेवार अधिकारी भन्छन्, उपलब्धि शून्य

चालु आर्थिक वर्षमा खेलकुदमा केही पनि काम नभएको सामाजिक विकास मन्त्रालयका उपसचिव महेन्द्र महतो बताउँछन्। ‘बजेटमा त जनकपुर, राजविराज, जलेश्वरमा रंगशालामा बनाउने भनिए भए पनि काम केही भएको छैन,’ उनले नेपाल समयसँग भने।
अघिल्लो आर्थिक वर्षको बजेटबारे आफूलाई जानकारी नभएको उनी बनाउँछन। उनी भन्छन्, ‘म यहाँ आएको धेरै भएको छैन। त्यसैले मलाई त्यसअघिको बजेटबारे केही थाहा छैन।’
सबै प्रदेशमा प्रदेशस्तरीय खेलकुद परिषद् निर्माण गर्ने योजना छ। यो योजना प्रदेश २ मा पनि थियो। तर प्रदेश २ मा अहिलेसम्म खेलकुदका कुनै समिति गठन हुन सकेको छैन।

Metro Mart

क्रिकेट

प्रदेशका आठै जिल्लामा क्रिकेट संघको जिल्ला कार्यसमिति छ। तर पछिल्ला समय त्यहाँबाट पर्याप्त खेलाडी उत्पादन हुन सकेका छैनन्। नेपाल क्रिकेट संघ (क्यान) का सचिव अशोकनाथ प्याकुरेल क्रिकेटका लागि प्रदेश २ उत्पादनशील क्षेत्र भए पनि खेलाडी उत्पादन हुन नसकेको बताउँछन्। ‘यहाँबाट राष्ट्रिय स्तरमा केही खेलाडी उत्पादन भए पनि अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुन सकेका छैनन्,’ उनले भने।

एउटा राम्रो अन्तर्राष्ट्रिय खेलाडी जन्माउन राज्यले लामो समयसम्म पर्खनुपर्ने हुन्छ। तर पछिल्लो समय सरकारी बेवास्ताले गर्दा ती क्षेत्रमा खेलाडी उत्पादन हुन सकेका छैनन्। ‘विराटनगर, जनकपुर, सिरहा र महोत्तरीबाट पहिले धेरै खेलाडी आउँथे। एक समय खेलाडीको हब थियो यो क्षेत्र। तर अहिले शून्यप्रायः छ,’ प्याकुरेलले भने।
फुटबल

अखिल नेपाल फुटबल (एन्फा) को संघ पनि आठै जिल्लामा सक्रिय छ। तर प्रतियोगिता शून्य छ। प्रदेशले नै खेलकुद बेवास्ता गरेपछि खेलाडी निराश छन्। ‘प्रदेशका रंगशाला बनाउने भनिएको छ। तर प्रदेश सरकारले हामीसँग केही पनि समन्वय गरेको छैन। प्राविधिक सहयोग मागेमा हामी दिन तयार छौं। जिल्ला संघले पनि सहकार्य गर्नेछन्,’ एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहले भने। फुटबलमा पनि प्रदेश २ बाट राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडीको खडेरी छ।

राष्ट्रिय स्तरका प्रतियोगिता छैनन्
माइभ्याली गोल्डकप, सताक्षी गोल्डकप, बूढासुब्बा गोल्डकप, एमएम कप, दिदीबहिनी कप, आहा रारा गोल्ड कप, पोखरा प्रिमियर लिग, धनगढी प्रिमियर लिग, खप्तड गोल्डकप मोफसलका प्रतिष्ठित प्रतियोगिता हुन्। प्रदेश २ मा यस्ता कुनै प्रतियोगिता आयोजना हुँदैनन्।
फुटबल, भलिबल र क्रिकेटमा मात्रै होइन, प्रदेश २ मा बास्केटबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता हुन सकेका छैनन्।

प्रकाशित: Jun 07, 2020| 15:20 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।